आइतवार, जेष्ठ ६, २०८१

मधेस आन्दोलनको छानबिन गर्न सर्वोच्चका पूर्व न्यायाधीशको अध्यक्षतामा आयोग गठन

  मन्त्रिपरिषद् बैठक : मधेस आन्दोलनको क्रममा मारिएका मारिएका ४१ जनालाई सहिद घोषणा ,१२ जना नेपालीको शव नेपाल ल्याउँने क्रममा भएको ९१ लाख ६ हजार खर्च सरकारले बेहोर्ने

काठमाडौ भाद्र २. मन्त्रिपरिषद्को आज बसेको बैठकले मधेस आन्दोलनको क्रममा मारिएका मारिएका ४१ जनालाई सहिद घोषणा गर्नुको अलावा ११ सुरक्षाकर्मी र ४१ जना सर्वसाधारणसहित ५२ जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । स्मरण रहोस यसअघि नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ११ जना सुरक्षाकर्मीलाई सहिद mantri-602x256घोषणा गरिसकेको छ ।

त्यस्तैआजको बैठकले मधेस आन्दोलनमा भएका घटनाको छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा ७ सदस्यीय छानविन आयोग गठन गरेको सञ्चारमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिदै आयोगका अन्य सदस्यको हकमा भने पुष्पकमल दाहालको समन्वयमा गृह मन्त्रालयले तोक्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।  यसैगरी सरकारले काबुल आक्रमणमा मारिएका १२ जना नेपालीको शव नेपाल वायु सेवा निगमको जहाज चार्टर गरेर अफगानिस्तानको काबुलबाट काठमाडौं ल्याउँने क्रममा भएको ९१ लाख ६ हजार खर्च बेहोर्ने निर्णय गरेको छ ।