मङ्लबार, जेष्ठ १, २०८१

संविधान संशोधन गरेर सीमाङ्कनको मुद्दालाई टुङ्गो लगाउनुपर्ने डा भट्टराईको जोड

काठमाडौ श्रावण २८, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सहमतिका आधारमा संविधान संशोधन गरेर भएपनि जतिसक्दो चाँडो प्रदेशसम्बन्धी सीमाङ्कनको मुद्दालाई टुङ्गो लगाउनुपर्ने मा जोड दिनु भएको छ ।  babu7पार्टीको राजनीतिक संवाद समितिद्वारा आज राजधानीमा आयोजित बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधीसंगको छलफलका क्रममा डा भट्टराईले दीर्घकालीन राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्नेमा जोड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै छलफलमा नागरिक समाजको तर्फबाट डा सुन्दरमणि दीक्षित र अर्थविद् डा विश्वम्भर प्याकु¥याल लगायतले मुलुकमा जनताले राजनीतिक अस्थिरताभन्दा पनि विकास चाहेको हुँदा संविधान कार्यान्वयन गर्दै मुलुकको समृद्धिको मार्ग तर्फ लैजानुपर्ने अभिमत प्रकट गर्नु भएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031