बुधबार, जेष्ठ ९, २०८१

सङ्घीय गठबन्धनको रिले अनशन ३२ दिनमा, सरकारले आन्दोलनको सम्बोधन नगरेकोमा आपत्ति

काठमाडौ आषाढ २४,  संविधान संशोधन लगायत विभिन्न माग राजधानी केन्द्रीत आन्दोलनमा होमीइका सङ्घीय गठबन्धनले तेश्रो चरणको Press Statement 2073-3-24-1आन्दोलन अन्तर्गतका जारी राखेको रिले अनशनको ३२ दिन पुग्दा पनि सरकारले कुनै सुनुवाइ नगरेको भनी आपत्ति जनाएको छ ।

गठबन्धनका तर्फबाट प्रवक्ता ओम गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा आजको रिले अनशनमा तराई मधेश सद्भावना पार्टीका महासचिव रामकुमार मण्डल, सङ्घीय समाजवादी फोरम, नेपालका राजनितिक समिति सदस्य राजन के।सी। र प्रेमनारायण थापा, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता प्रमोदकुमार झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रमुख सचेतक मा। धर्मेन्द्र साह, मजफो गणतान्त्रिकका केन्द्रीय सदस्य किशोरी यादव, थरुहट तराई पार्टी, नेपालका प्रतिनिधी स्वस्तिका चौधरी, सङ्घीय लिम्बुवान मंच, नेपाल स।लो।रा।म।का नेता चन्द्रगोपाल कन्दङ्वा, राष्ट्रिय जनमुक्ती पार्टीका नेता होमबहादुर गुरुङ, आदिवासी जनजाती पार्टी, नेपालका तमु अध्यक्ष तमु विष्णु घोताने, तमलोपाका नेता दिवाकर झा, रामसपाका युवा उपत्यका अध्यक्ष कमल कार्की लगायतको सहभागीता रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आजको रिले अनशनमा याँ शक्ति नेपालका नेता रामेश्वर खनाल, सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष सहितका प्रतिनिधि, मधेस समता पार्टी नेपालका अध्यक्ष बेचन मुखिया लगायतले अनशनस्थल खुलामञ्च पुगी आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउनुभएको उल्लेख गरिएको गर्दै सांस्कृतिक कार्यक्रमअन्तर्गत अनशनस्थलमा विविध पहिचान, देशभक्ति तथा जागरणमूलक गीत, कविता, नृत्य प्रस्तुत गरिएका उल्लेख गरिएको छ ।