बिहिबार, जेष्ठ ३, २०८१

कालोबजारीमा संलग्न दुइ दर्जन भन्दा बढि नियन्त्रणमा

काठमाडौ चैत्र ५,  गृह मन्त्रालयले एक साताको अवधिमा इन्धन कालोबजारीमा संलग्न दुइदर्जनभन्दा बढिलाइ नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले विहिवार जारी प्रेस विज्ञप्तिमा यसवीचमा १० हजार ३४५ 2100_517bfcdf8e9c40888c5567f1dce519eb_1458180895_bलि डिजल र ४६६ वटा ग्यास सिलिन्डरको गैरकानुनी वितरणमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिइएको उल्लेख गर्नुभएको हो।

त्यस्तै विज्ञप्तिमा मन्त्रालयले बुधबार अपराह्न डोल्पाको सर्मी गाविसमा मोटरबाटो खन्ने क्रममा माटाको ढिस्को खसी घाइते भएका चार जना कामदारलाई नेपाली सेनाको हेलिकोप्टरबाट आज उद्धार गरी उपचारार्थ मेडिकल कलेज कोहोलपुर पु-याइएको समेत उल्लेख गरेको छ ।