शनिबार, बैशाख २२, २०८१

साताव्यापी आठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइने

अनुज्ञापत्र नम्बर सहितको प्लाष्टिकको सिलप्याक गरी बिक्रीवितरण गर्नको लागि पानी उद्योगहरुलाई निर्देशन

काठमाडौं फागुन ३०, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताको महत्त्व र आवश्यकता मध्यनजर गर्दै खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्यपदार्थमा स्वच्छताः उपभोक्ता स्वास्थ्यमा सुनिश्चितता” भन्ने नाराका साथ आज देखि साताव्यापी रुपमा आठौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउन सुरु गरेको छ ।

प्रेस विज्ञप्ति १ प्रेस विज्ञप्ति २विभागले विगत आठ वर्ष देखि मनाउँन सुरु गरेको राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार हाल बजारमा विभिन्न नामबाट बिक्रीवितरण भइरहेको जारमा प्याक गरिएको प्रशोधित पिउने पानीको स्वच्छता र गुणस्तर कायम राख्न जारको बिर्कोमा उद्योगको नाम तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुज्ञापत्र नम्बर सहितको प्लाष्टिकको सिलप्याक गरी बिक्रीवितरण गर्नको लागि पानी उद्योगहरुलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिदै अनुज्ञापत्र नम्बर सहितको प्लाष्टिकको सिलप्याक गरी बिक्रीवितरण नर्गर्ने उद्योगीलाइ कारवाही गर्ने तयारी गरेको जनाएको छ ।

साताव्यापी दिवसको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पहिलो दिन अवसरमा उपभोक्ता हकहितसँग सम्बन्धित संघ संस्था , खाद्य उद्योग , खाद्य प्रविधि विषय अध्ययन अध्यापन हुने कलेज , खाद्य तथा पोषणसँग सम्बन्धित संघसंस्थासंग सहकार्यका गर्दै आज विभागभित्र र विभाग परिसरको सरसफाइ लगायतको कार्यक्रमको आयोजना गरेको छ भने दोस्रो दिन उपभोक्तावादी संस्थाहरूको सहकार्यमा खाद्य स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम कार्यक्रमको आयोजनागर्दै खाद्य स्वच्छता कार्यक्रमलाई अझ प्रभावकारीरूपमा व्यवस्थित योजना विभागले बनाएको छ ।

त्यस्तै गरि तेस्रो र चौथो पाँचौ र छैठौँ दिन खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा)को आयोजनामा अन्तर क्याम्पस स्तरिय वक्तत्वकला प्रतियोगिताको सञ्चालन, खाद्य प्रविधि तथा खाद्य स्वच्छता सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन अवस्थाको समीक्षा सहित कृषि विकास रणनीति, खाद्य ऐन संशोधन, कार्यविधि परिमार्जनसम्बन्धी कार्यक्रमको गर्ने तयारी रहेको विभागले जनाएको छ ।

साथै यसैअवसरमा आइएफआरआइको आयोजनामा खाद्य स्वच्छता नीति तथा खाद्य प्याकेजिङ र लेबलिङ नियमन सम्बन्धमा सरोकारबालाका बीचमा अन्तक्रिया र खाद्य स्वच्छतासम्बन्धी सन्देश लेखिएका विभिन्न प्लेकार्ड, व्यानर, पम्पलेटहरुकासाथ सरोकारवाला सबैको सहभागितामा सहित नगर परिक्रमा सहित साताव्यापी दिवसको अवसरमा प्रतियोगितका विजयी प्रतियोगी, उत्कृष्ट खाद्य उद्योगहरु, उत्कृष्ट होटल, रेष्टुरेण्ट विभागमा कार्यरत उत्कृष्ट कर्मचारी तथा विभागमा दीर्घसेवा पुर्याउने कर्मचारीलाई पुरस्कार तथा सम्मानपत्र, वितरण लगायतका कार्यक्रमको आयोजना सहित दिपसको समापन गरिने भएको छ ।