शनिबार, बैशाख ८, २०८१

अवैध हातहतियार सहित सांसद लामा पक्राउ

काठमाडौ फागुन ३०, अख्तियार अनुसन्धान आयोगले एमाओवादीका सांसद ल्हारक्याल लामा आज पक्राउ गरेको छ । अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा छानविनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैङ्कको लकरमा जाँच गर्दा बन्दुकको गोली बरामद lyarker-1.भएपछि उहाँ पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता कृष्णहरी पुष्करका अनुसार अनुसन्धानका लागि आयोगले सांसद लामालाई इन्भेष्टमेन्ट बैङ्कमा लगेको र सो क्रममा उहाँको लकरबाट १४ थान गोली भेटिएको जानकारी दिदै लामालाई अवैध हातहतियार तथा खरखजना ऐन २०१९ अनुरुप पक्राउ गरी कारवाहीका लागि दरबार मार्गस्थित प्रहरी प्रभागमा बुझाइएको उहाँले जानकारी दिनुभएको छ ।