शनिबार, बैशाख २२, २०८१

अर्काकी श्रीमती जिस्काउँदा ढकालको ज्यान गयो

काठमाडौ फागुन २७,  नवलपरासी घर हाल कामपा वडा न २६ स्थित इतुम्बहाल बस्ने घनश्याम अर्याल र उनको ३० वर्षीया श्रीमती मधु hatkadi-1आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी घर भई सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय दयाराम ढकाललाइ कुटपिट गरी मारेको अभियोगमा अर्याल दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ढकालले बुधबार मधु आचार्यलाई जिस्काएको विषयलाई लिएर घनश्यामले ढकाललाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।