शुक्रबार, बैशाख २१, २०८१

चौतारीको ८ औं राष्ट्रिय अधिवेशन दुई महिनापछि स-यो

काठमाडौ फागुन १९, प्रेस चौतारी नेपालको ८ औं राष्ट्रिय अधिवेशनको लागि चैत ४ र ५ गतेको लागि प्रस्तावित मिति भन्दा दुई महिना पछि press-chautariहुँनेगरि स्थगन भएको छ । मुलुकमा जारी नयाँ संविधान अनुरुप सङ्घीय ढाँचाको विधानको तयारीसहित सङ्गठनका केही आन्तरिक काम सम्पन्न हुँ नसकेको जनाउँदै महाधिवेशन स्थगन गर्नु परेको जनाईएको छ ।

त्यस्तै महाधिवेशन स्थगन गरिएसंगै महाधिवेशनको लागि नयाँ मिति पनि २०७३ जेठ ६, ७ र ८ गते काठमाडौँमा गर्ने निर्णय पनि चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज बसेको बैठकले गरेको चौतारीका महासचिव माधव नेपालद्दारा  जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।