आइतवार, बैशाख २३, २०८१

प्रधानमन्त्री ओली चैतको पहिलो साता चीन भ्रमण जाने ,‘भारत भ्रमण ऐतिहासिक भएको निष्कर्ष

मन्त्री परिषदको बैठक: 

१६५ कैदीलाई नयाँ संविधान जारी भएको उपलक्ष्यमा कैद मिनाहा सिफारिस

काठमाडौ फागुन १८, प्रधानमन्त्री केपी शर्मा ओलीले गतसाता भारत भ्रमण पछि आगामी चैतको पहिलो साता आफ्नो दोस्रो विदेश भ्रमण स्वरुप छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुँने भएको छ। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले प्रम ओलीको चीन भ्रमणको तयारी थाल्ने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रम ओलीले गत फागुन ७ देखि १२ सम्म गर्नुभएको छिमेकी मुलुक भारतको राजकीय भ्रमणलाई mantriparisadऐतिहासिक र उपलब्धिमूलक भएको ठहर गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता शेरधन राईले प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपालको प्रतिष्ठा, इज्जत र मर्यादा बढ्नाका साथै दुई देशबीचको आपसी असमझदारी अन्त्य भई बहुआयामिक सम्बन्ध विस्तार भएको ठहर गरेको जानकारी दिदै यस्तो भिव्यक्ती दिनु भएको हो । त्यस्तै  बैठकले मुलुकको गोरखापत्र प्रकाशन सुरु भएको विसं १९५८ वैशाख २४ लाई आधारमानी आगामी वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी दिनुको अलावा नेपाली काँग्रेसका नेता नरहरि आचार्य र वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको छ ।

साथै दुर्घटनाग्रस्त एयर काष्ठमण्डपको विमान कालीकोटको पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेकाले मरणोपरान्त वीरता पदक दिने निर्णय बैठकले गरेको छ ।  बैठकले असल चालचलन भएका र कुल ४० प्रतिशत कैद भुक्तान गरेका तथा ६५ वर्ष उमेर पुगेका १६५ कैदीलाई नयाँ संविधान जारी भएको उपलक्ष्यमा कैद मिनाहा सिफारिस गरेको छ । साथै गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक ३ वर्षभित्र निर्माण गराउने तथा मेट्रो रेल र मनो रेलसम्बन्धी प्रस्ताव अघि बढाउन लगानी बोर्डलाई निर्देशन दिइएको प्रवक्ता राइले जानकारी दिनु भएको छ । ।