काठमाडौं माघ २४, भारतीय भन्सार र भारतीय आयल निगम रक्सौल डिपोका अधिकारीको आदेश पछि शनिवार नेपाल आयल निगमले इन्धन भर्न केही ट्याङ्करलाई भारतीय आयल निगम रक्सौल डिपोमा पठाएको समाचार प्राप्त भएको छ ।
अघोषित नाकाबन्दी संगै पानी वारावारको स्थिती सहित अवरुद्ध रहेको वीरगन्ज–रक्सौल भन्सार नाका शुक्रवार दिउ“सोवाट खुलेपछि निगमले रक्सौल डिपोमा इन्धन भर्न ट्याङ्कर पठाएको समाचारमा उल्लेख गरिएको छ । यस्तै शुक्रबार दिउ“सोदेखि सञ्चालनमा आएको वीरगन्ज–रक्सौल भन्सार नाका आज पनि निर्बाध रूपमा सञ्चालनमा रहेको जनाउँदै शनिवार बिहानैदेखि मालवाहक ट्रक लगायतका सबै प्रकारका सवारीसाधान निर्बाधरूपमा नेपाल भित्रिरहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ