बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिबाट आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना , पहिलो महिनाको तलब अर्पण

काठमाडौ पौष १३ ,मुलुकमा जारी विद्यमान सङ्कट निवारण होस भन्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा विशेष pashupati_umeshपूजा गर्नुभएको छ । पूजाको क्रममा राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै प्राप्त समाचारमा राष्ट्रपति भण्डारीले आफ्नो पहिलो महिनाको तलब रु एक लाख २१ हजार ३६० पशुपतिनाथमा अर्पण गर्नुभएको कोषले जनाएको छ ।