बुधबार, बैशाख १९, २०८१

संविधानबारे फैलाईएको भ्रम चिर्न भन्दै सरकाले आजबाट एकमहिने प्रचार अभियान सुरु गर्दै

नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानस् जनताकै माझमा’ भन्ने मुल नारा सहित ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा सञ्चालन हुने

काठमाडौ मार्ग २१, मन्त्रिपरिषद बैठकको गत मार्ग ८ गते निर्णय  अनुरुप सरकारले आजबाट एक महिनासम्म नेपालको संविधानको मर्म र विशेषता जनतामाझ लैजाने भएको छ । संविधानको विषयमा जनतालाई सुसूचित गर्न तथा संविधानबारे उठाइएका अनेकौँ अनावश्यक टीकाटिप्पणीलाई सम्बोधन गर्ने लक्ष्य अनुरुप अझ विशेषगरि मधेसमा संविधानकाृ विालमा फैलाईएको भ्रम चिर्न सरकारले मुलुकभर राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ।
राष्ट्रिय अभियानको शुभारम्भ प्रधानमन्त्रीले आज विहान राजधानीको राष्ट्रिय सभागृहबाट गर्ने र त्यसक्रममा नेपालको संविधानको विशेषतासहितका बारेमा २० 9cc462मिनेटको वृत्तचित्रसमेत प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधान: जनताकै माझमा’ भन्ने मुल नारा सहित प्रस्तुत अभियान ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा आगामी पुस २१ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । कार्यक्रम सम्बन्धी जानकारी दिने उद्देश्यले आयतवार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तया स्थानीय विकास मन्त्री कमल थापाले राजनीतिक दलबीच कैयौँ विषयमा मतभेद रहे पनि संविधानका मूलभूत मान्यता प्रजातन्त्रको सुदृढीकरण, आर्थिक विकास र शान्ति सुव्यवस्थाको सुदृढीकरण गर्नुपर्छ भन्नेमा सबैको एउटै मत रहेको स्पष्ट गर्दै नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको समानुपातिक र समावेशी चरित्रको संविधानको विशेषताबारे जनतालाई सुसूचित गर्ने अभियानमा सहभागी भई सफल तुल्याउन राजनीतिक दल, बुद्धिजीवी र जनतालाई आह्वान गर्दै उहाँले प्रचारप्रसार गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न सञ्चारजगत्सँग आग्रह समेत गर्नु भएको थियो ।

संविधानका विशेषताका बारेमा पुस्तिका, पर्चा, फ्लेक्स प्रिन्टलगायत प्रचारका सामग्री सहित जिल्ला सदरमुकामको कार्यक्रमपछि हरेक नगरपालिका र गाविसमा स्थानीय राजनीतिक दलका कार्यकर्तालगायत जनसमुदायको उपस्थितिमा मूल कार्यक्रमको रुपमा अन्तक्र्रिया, सभा, सम्मेलन आयोजना गर्ने कार्यक्रमको आयोजना गर्दै संविधानको विशेषता मैथली, भोजपुरी, थारु र अवधी भाषामा समेत अनुवाद गरेर वितरण हुने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930