बुधबार, बैशाख १२, २०८१

जारी संविधानको सवालमा फैलिएको भ्रम निवारणका लागि आजबाट जनताको संविधान, जनताकै माझमा अभियानको प्रारम्भ

काठमाडौ मार्ग २१,  नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा मुल नारा सहित सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको आजबाट एक औपचारिक कार्यक्रम सहित शुभारम्भ 9cc462गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत अभियानको समुद्घाटन गर्दै शुभारम्भ गरिएको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले संविधानसभाबाट संविधान जारी भएपछि सात दशक लामो नेपाली जनताको आकाङ्क्षा पूरा भएको र यसले पटकपटकका राजनीतिक सङ्घर्षको उपलब्धिलाई संस्थागत ���रेको बताउनुभएको थियो ।

त्यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल,काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राना, मजफोका उपाध्यक्ष नसिर सिद्धिकी पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ लगायतका शिर्ष नेतृत्वले संविधानको सकारात्मक पक्षको सवालमा जनतालाइ गप प्रष्ट हुँन सहज हुने बताउँदै मधेसमा संविधान प्रति फैलाईएको भ्रम चिर्न सहज हुँने धारणा अभिव्यक्त गर्नु भएको थियो जारी संविधानले सबै जातजाति, वर्ग, क्षेत्र, लिङ्ग, धर्मको अधिकारलाई सुनिश्चित गर्नुको अलावा समावेशीताको सिद्धान्त अपनाएका बताउँदै संििवधानको को सवालमा अनावश्यक भ्रम फैलाईएको कारण यस किसिमको कार्यक्रमको आयोजना गर्नु परेको बताउँनु भएको थियो ।

त्यस्तै गरि सभामुख ओनसरी घर्तीले संविधानले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीतालगायतका आन्दोलनका मुख्य उपलब्धिलाई संस्थागत गरेको बताउँदै संविधानले मौलिक अधिकारमार्फत सुनिश्चित गरेका जनताका हकअधिकारका बारेमा जनतालाई स्पष्ट पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताउँनु भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री स्थानीय विकास मन्त्री कमल थापाले विचारको पूर्ण स्वतन्त्रता, राजनीतिक पार्टीलाई प्रतिबन्ध नुहुने, संविधान संशोधनको लचिलो प्रावधान र आवधिक निर्वाचनको व्यवस्थाका कारण नेपालको संविधान सफल पक्ष भएको जिकिर गर्नु भएको थियो ।