आइतवार, जेष्ठ ६, २०८१

आज मोर्चाआवद्ध नेताहरुसंग उच्चतहमा वार्ता हुदै

काठमाडौं कात्तिक २९, मुलुकमा जारी संविधान प्रति विमति जनाउँदै मधेसमा आन्दोलन जारी राख्दै आएरहेका मधेसी मोर्चाका नेतासँग प्रमुख दलहरुले वार्ता गर्ने barta-660x330भएका छन् । शनिवार एमाओवादी  अध्यक्ष  प्रचण्ड र तमलोपाका  अध्यक्ष  महन्त ठाकुरवीच भएको वार्ता र त्यस्तैगरि व्यवस्थापिका संदमा प्रमुख प्रतिपक्ष दल रहेका नेपाली काँग्रेस समेतले मोर्चाका नेताहरु संग गरेको वार्ताको क्रममा भएको सहमति अनुरुप आज उच्च तहको वार्ता हुन लागेको हो ।

त्यस्तै प्राप्त एक जानकारी अनुसार मधेसी मोर्चाले मधेसमा दुई प्रदेशको अडान राखेकाले त्यसमा प्रमुख दलका तर्फबाटप्रष्ट धारणा पेश गरिने तयारी रहेको बुझिएको छ ।त्यस्तै आज हुने भनिएको वार्ताको समयका सवालमा भने त्यस्तो कुनै औपचारिक सूचना भने  सार्वजनिक  गरिएको छैन।