सोमवार, जेष्ठ ७, २०८१

आन्दोलन जारी राख्ने मोर्चाको निर्णय

काठमाडौं आश्विन ७, लोकतान्त्रिक मधेसी मोर्चाको विगत केहि दिन यतादेखि जारी बैठकले मधेसमा जारी आन्दोलन जारी राख्ने निर्णय गरेको छ । मुलुकमा नयाँ संविधान जारी भएयता सिमाङकन लगाउतका सवालमा विमति राख्दै मोर्चा आन्दोलित हुँदै आएरहेको छन ।

 -साथै बैठकले शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने, मानवअधिकार उल्लङ्घन सम्बन्धमा सर्वोच्च अदालतलगायतमा मुद्दा दायर गर्ने निर्णय गर्दै मधेसी मोर्चा र थरुहट/थारुवान सङ्घर्ष समिति एवम् मुस्लिम सङ्घर्ष समितिलगायत आन्दोलनरत पक्षहरुसँग सहकार्यका लागि भन्दै सद्भावना महासचिव मनिष सुमन, तमसपाका रामनरेशराय यादव, तमलोपाका गोविद चौधरी र सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको छ ।  यस्तै मोर्चाले संविधानमा मधेसी, दलित, मुस्लिम, जनजाति, पिछडा वर्गलगायत मधेसी समुदायको हक अधिकार सुनिश्चित नभएको उल्लेख गर्दै धारणा राख्दै संविधान नस्वीकार्ने जनाएको छ ।