बिहिबार, बैशाख १३, २०८१

रत्नपार्कमा इन्टरनेट सुविधा विस्तार गरिदै

काठमाडौ आश्विन ७ रत्नपार्कभित्र अवलोकन गर्ने अवलोकनर्ताले असोज अन्तिम सातासम्म निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्न सक्नेछन् । रत्नपार्क तथा 102_4199रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्ने तयारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

पार्कको पुनः निर्माणपछि सञ्चालनमा आएको त्यस क्षेत्रमा सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिदै आएको दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गरेको जनाउँदै इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा रहेको छ ।