मङ्लबार, बैशाख ४, २०८१

राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिन उपप्रधानमन्त्री सिंह न्यूयोर्कतर्फ

काठमाडौ आश्विन ६ , संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिन उपप्रधानमन्त्री प्रकाशमान सिंह आज न्यूयोर्क जानु भएको छ ।  महासभामा भाग 11049455_10153641316347329_2813573813338921395_nलिन न्युयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुका पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू न्युयोर्कमा रहँदा छिमेकी एवम् मित्र राष्ट्रका समकक्षीसँग देशको समसामयिक राजनीतिक विषय र आपसी हित र चासोका सवालमा छलफल हुने जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले प्रधानमन्त्री सुशील कोइरालाको कार्यव्यस्तताका कारण आफू महासभामा भाग लिन जान लागेको उल्लेख गर्दै राष्ट्र सङ्घ स्थापनाको ७०आँै वार्षिकोत्सव र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने महासभामा नेपालको सहभागिता महत्वपूर्ण विश्वास व्यक्त समेत व्यक्त गर्नु भएको छ । महासभामा आश्विन  १४ गते उपप्रधानमन्त्री सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।