बिहिबार, बैशाख २०, २०८१

आन्दोलनको नाममा हुँने प्रेस स्वतन्त्रता विरोधी गतिविधि तत्काल रोक्न महासंघको आग्रह

 काठमाडौं भाद्र २७ , नेपाल पत्रकार महासंघले स्थानीय र प्रहरीबीचको झडपका क्रममा प्रदर्शनकारीबाट तनहुँमा पत्रकारलाई दिइएको धम्की, पत्रिकाको कार्यालय र सञ्चारमाध्यमको सवारी साधनमा भएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

release 27 bhadra pdfमहासंघ तनहुँ शाखाका अनुसार भाद्र २६ गते प्रदर्शनकारीले शाखाका अध्यक्ष तथा स्थानीय सेतीमोदी दैनिकका सम्पादक डम्बर अधिकारीलाई आक्रमणको धम्की दिनुका साथै व्यास १० सफासडक स्थित दैनिकको कार्यालयमा तोडफोड गरेका छन् भने भाद्र २७ गते पोखराबाट काठमाडौं तर्फ आइरहेको नागरिक दैनिकको वा १२ च १६८६ नम्बरको सवारी साधानमा पनि तोडफोड गरेको उल्लेख गरिएको छ ।

महासंघका महासचिव उजिर मगरद्दारा आज जारी प्रेस विज्ञप्तिमा पत्रकारलाई दिइएको धम्की, पत्रिकाको कार्यालय र सञ्चारमाध्यमको सवारी साधनमा भएको तोडफोडको कडा शब्दमा भत्र्सना गर्दछ । र, प्रेसलाई हतोत्साहित र त्रसित पार्ने यस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि तत्काल रोक्न र पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान पु-याउन सरकारसँग माग गरेको छ ।