मङ्लबार, बैशाख ११, २०८१

पत्रकारको निवासमा पेट्रोल बम प्रहार गर्ने दोषीको पहिचान गरि कारवाही गर्न माग

पत्रकार महासंघ र  प्रेस युनियनद्दारा घटनाको तीब्र भत्र्सना

काठमाडौं भाद्र २८ , नेपाल प्रेस युनियनले बीरगंजका फोटो पत्रकार तथा युनियनका सदस्य राम सर्राफको बीरगंज रानिघाटस्थित घरमा आइतवार राती पेट्रोल बम प्रहार गरिएको घटनाको कडा शब्दमा विरोध सहित भत्सर्ना गरेको छ ।  युनियनका महासचिव अजयवावु अजयबाबु शिवाकोटीद्दारा आज जारी प्रेस वक्तत्व्यमा पिडित पत्रकार सर्राफको भनाइ उदृत गर्दै कर्फयु जारी भएको समयमा राती सवा नौ बजेतिर गराइएको घटनाका दोषीको पहिचान गरि कानुनी release 28 bhadra ram-sarraf-aakraman-2072-5-28दायरामा ल्याउन युनियनले स्थानिय प्रसासन समक्ष जोडदार माग गर्दै सञ्चारकर्मीहरुलाई निर्भयताकासाथ समाचार संकलन, प्रकाशन र प्रसारणको वातावरण मिलाउन युनियनले नेपाल सरकारसमक्ष माग गरेको छ ।

यसैवीच नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्दारा आजै जारी प्रेस विज्ञप्तिमा पनि फोटो पत्रकार राम सर्राफको रानिघाटस्थित निवासमा भाद्र २७ गते राति अज्ञात समूहले घटाइएको पट्रोल बम प्रहारको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै विज्ञप्तिमा महासंघले पत्रकारलाई आतंकित र त्रसित पार्नेगरी घटाइएको यो घटनाको तीब्र भत्र्सना गर्दै घटनाको तत्काल छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न र पत्रकारलाई निर्वाध र निर्भीक पत्रकारिताको वातावरण निर्माण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षणको माग गरेको छ ।  पत्रकार सर्राफ राष्ट्रिय फोटो पत्रकार समुहका उपाध्यक्ष, वीरगंजको यात्रा डेलि डटकम अनलाईनका संचालक समेत रहेका छन ।