बिहिबार, बैशाख २०, २०८१

संविधानसभामा फर्कने राप्रप नेपालको निर्णय

काठमाडौ भाद्र २६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता मोहन श्रेलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।  राप्रपा नेपालले यस अघि सनातन धर्म सापेक्ष हिन्दू राraprapa-nepalष्ट्रलगायतका पक्षमा संविधानको प्रारम्भिक मस्यौदा माथि जन सुझाव संकलनको क्रममा जनताले दिएको अभिमतलाई संविधानसभाले उपेक्षा गर्दै पार्टीले उठाएका एजेन्डालाई बेवास्ता गरिएको लगायतका कारण देखाउँदै संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको थियो

तर राप्रपा नेपाललाई प्रक्रियामा फर्कन सरकार र तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) एवम् एमाओवादीले लिखित आग्रह गरेपछि आज बसेको राप्रपा नेपालको र्बैठक पछि जारी प्रक्रिया अन्र्तगतनै अन्तिमसम्म हाम्रा मुद्दाको रक्षाका लागि संविधानसभालाई उपयोग गरेर जान बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेको बुझिएको छ ।