बिहिबार, बैशाख २०, २०८१

महासंघद्दारा सञ्चारिकाका नवनिर्वाचित कार्यसमितिलाइ बधाइ ज्ञापन

काठमाडौ भाद्र २४ , नेपाल पत्रकार महासङ्घले सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । महासंघले सञ्चारग्राममा एक कार्यक्रमको FNJ-logo-300x2461आयोजना गर्दै सञ्चारिकाका नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा, महासचिव कमला पन्थी, कोषाध्यक्ष यशोदा अधिकारी तथा सदस्य जया लुइँटेल, रीता तिमिल्सिना, रुवी रौनियार, सरस्वती शर्मालगायतलाई सम्मान गरेको हो ।

र् सम्मान कार्यक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट उपाध्यक्ष अनिता विन्दु ,राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्य र सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झालगायतले वक्ताले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धिको आवश्यकता औल्याउँनु भएको थियो ।