बिहिबार, बैशाख २०, २०८१

शुल्क छुटसम्बन्धी सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध, ��हमति नमान्ने विद्यालयलाई कारबाही

काठमाडौ अषाढ ३, शिक्षा मन्त्रालय, १३ विद्यार्थी सङ्गठन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) तथा अभिभावकका प्रतिनिधिबीच आज भएको राजधानीमा आज भएको छलफल पछि मन्त्रालयले निजी विद्यालयमा वृद्धि गरिएको शुल्क 11046175_10153411711097329_7931980178254615531_nफिर्ता र भूकम्पपछिको बिदा अवधिको शुल्कमा छुट दिने सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

१३ विद्यार्थी सङ्गठनले उठाएको माग र त्यसका आधारमा भएका सहमति कार्यान्वयन गर्न मन्त्रालय तयार भएको नेविसंका प्रवक्ता युपी लामिछानेले जानकारी दिनु भएको छ । त्यस्तै त्यसका लागि बलियो संयन्त्र बनाएर आइतबारदेखि अनुगमन गरिने र सहमति नमान्ने विद्यालयलाई केन्द्रीय शुल्क अनुगमन समितिबाट कारबाही गर्ने पक्षमा पनि मन्त्रालयले पूर्ण प्रतिबद्धता जनाएको उहाँले बताउँनु भएकोछ