शनिबार, बैशाख ८, २०८१

मासिक शुल्कमा ५० प्रतिशत छुट दिने सहमति पछि विद्यार्थी सङ्गठनद्दारा घोषित आन्दोलन फिर्ता

काठमाडौ ज्येष्ठ ३१, शुल्क मिनाहको माग गर्दै आन्दोलित १३ विद्यार्थी सङ्गठनको दवाव पछि निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता र भूकम्पका कारण बन्द भएको एक महिना अवधिको 11412416_10153399356362329_6576663331783426992_nशुल्क मिनाहा गर्नुपर्ने माग गर्दै वैशाख महिनाको मासिक शुल्कमा ५० प्रतिशत छुट दिन सहमत भएपछि घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।  महाभूकम्पका कारण प्रताडित बिदा अवधिको शुल्क मिनाह र गत वैशाख ६ गते सरकार र अभिभावक तथा विद्यार्थी सङ्गठनबीच नयाँ शैक्षिक सत्रमा गरिएको शुल्कवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनले आन्दोलित हुँदै आएको थियो ।

त्यस्तै नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सरकारको आग्रह र निजी विद्यालय सञ्चालकको प्रतिबद्धतापछि हाललाई आन्दोलनका कार्यक्रम फिर्ता गरिएको जानकारी दिएका छन ।
विद्यार्थी सङ्गठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता र भूकम्पका कारण बन्द भएको एक महिना अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग गर्दै आजै प्रधानमन्त्री सुशील कोइरालासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।