बिहिबार, बैशाख २०, २०८१

काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौ ज्येष्ठ २५,  नेपाली काँग्रेसको तर्फबाट २०५६ को उपनिर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नं ६ बाट विजयी पूर्व सांसद् गोपाल कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त nc jhandaगरेको छ ।  नेपाली काँग्रेस झापाका पूर्व उपसभापतिसमेत रहनुभएका कोइरालाको विराटनगरमा निधन भएको थियो ।

लामो समयदेखि नेपाली काँग्रेसमा अनवरत रूपमा क्रियाशील रहनुभएका स्वर्गीय कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीद्दारा आईतवार जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।  स्वर्गीय कोइरालाका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।