बुधबार, बैशाख १९, २०८१

धनुषा जिल्ला अदालतको फैसलाको स्वागत : महासङघ

काठमाडौं वैशाख ९,  नेपाल पत्रकार महासङघले २०६५ साल पुस २७ गते आफ्नै डेरामा खाना पकाइएरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएका पत्रकार उमा सिंहको हत्याका मुख्य योजनाकार स्वामीजी भनिने उमेश यादवलाई आठ वर्षपछि जिल्ला अदालत धनुषाले जन्म कैद सम्बन्धी FNJ_logo2Uma-Shing-रेको फैसलाको स्वागत गरेको छ ।  जिल्ला अदालतका मुख्य न्यायाधीश कृष्णबहादुर थापाको इजलासले यादवलाई हत्याको दोषी ठहर गर्दै बुधवार उक्त फैसला गरेको हो ।

प्रहरीले करिब एक वर्षअघि उमेशलाई पक्राउ गरेको थियो । पक्राउ गरेपछि निजलाई जिल्ला अदालतमा उपस्थित गराउँदा पुर्वपक्षको लागि थुनामा पठाइएको थियो । सोही मुद्दामा सुनवाई गर्दै अदालतले आज निजलाई जन्मकैदको आदेश दिएको हो ।

त्यस्तै महासङघका महमसचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा पत्रकार हत्यामा संलग्न अन्यलाई पनि तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारले तदारूकता देखाउँन माग गर्दै दण्डहीनताको अन्त गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न महासंघ सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकार सिंहको हत्यामा संलग्नमध्ये यसअघि ललिता सिंह र नेमलाल पासवानलाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । हाल उनीहरू कैद सजाय भुक्तान गरिरहेका वित्रप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031