बिहिबार, बैशाख १३, २०८१

पत्रकार उपचार कोष र आम सञ्चार नीति छिट्टै ल्याउने सरकारको तयारी :मन्त्री रिजाल

काठमाडौ वैशाख १०,  काठमाडौ प्रेस युनियनले लोकतन्त्र दिवसका अवसरमा आज आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्री डा Minendra-rijalमीनेन्द्र रिजालले सरकारले पत्रकार उपचार कोष र राष्ट्रिय आम सञ्चार नीति छिट्टै ल्याउने तयारीमा गर्दै गरेको बताउनुभएको छ ।  त्यस्तै सरकारका प्रवक्त समत रहेका मन्त्री रिजालले पेसागत र भौतिकरुपमा असुरक्षित रहेका पत्रकार प्राकृतिकरुपमा समेत असुरक्षित भएकाले उपचार कोषको व्यवस्था गर्ने तर्फ गृहकार्य सुरुभएको भन्दै आकस्मिक रुपमा हुन सक्ने दुर्घटना तथा रोगको उपचारका लागि पत्रकार बचाउन कोषको व्यवस्था गर्न लागिएको जनकारीदिनुभएको थियो ।

कर्यक्रममा मुलुकमा लोकतन्त्र स्थापनाका लागि प्रेस जगत्ले सहयोगी भूमिका निर्बाह गरेको स्मरण गर्दै पत्रकारलाई समस्यापर्दा पनि राज्यलेसहयोग गर्नुपर्नमा विशेष जोड दिदै वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायतले नेपालमा पत्रकारिता जगतलाई सुरक्षित बनाउन पत्रकार उपचार कोष अविलम्ब बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।