बिहिबार, बैशाख २०, २०८१

नि.क्षे.वि. कार्यक्रम कोषको रकममा सभासदहरुले व्यापक अनियमिता गर्ने गरेको खुलासा

काठमाडौं वैशाख ७, निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि भन्दै राज्यले उपलब्ध गराउँदै आएको सभासद विकास कोषको रकम सभासदहरुले मनोमानी रुपमा खर्च गर्ने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । सूचनाको हकका लागि नागरिक अभियान सिसिआरआईले सोमबार राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कोषको रकम खर्चगर्ने क्रममा सभासदहरुले व्यापक अनियमिता गर्ने गरेको तथ्यको खुलासा गरेको हो ।

त्यस्तै प्रतिवेदनमा प्रस्तुतरकम आफु निकट सङघसस्था तथा व्यक्तिविशेष र कार्यकर्ता र मतदातालाई प्रभाव पार्ने ढङ्गले खर्च गर्ने गरेको जनाउँदै कोषको रकम खर्च गर्दा सभासदहरुले कुनै निेर्देशिका बनाउँन्रेनगरेको अवस्था र यदि बनाईहाले पनि मापडण्ड पूरानगरेको अवस्था विद्यमान रहेको जनाएको छ ।
स्मरण रहोस निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत् हरेक सभासदले हरेक वर्ष १५ लाख रुपैयाँ र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत् देशका २ सय ४० निर्वाचन क्षेत्रमा हरेक क्षेत्रमा १–१ करोड रुपैयाँ सभासदले खर्च पाउने व्यवस्था रहेको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा अभियानका अध्यक्ष तारानाथ दाहालले कोषको नाममा सरकारी स्रोत साधनको व्यापक दुरुपयोग भएको जानकारीदिदै सरोकारवाला निकायलेतत्काल निर्वाचन विकासकार्यक्रमको दुरुपयोगबारे छानबिन आवश्यक रहेको बतउँनु भएको छ।

कोषको कार्यक्रमबारे अध्ययन गरेका फ्रिडम फोरमका अनिरुद्र न्यौपानेले कार्यकर्तालाई खुसी बनाउन नियमावलीविपरीत रकम बाँडिएको बताउनुभयो । सभासदहरुले परियोजना छनौट भन्दा पनि मठ, मन्दिर, गुठी र क्लबलाई सहयोग गर्दै दामासाहीले रकम भागबण्डा लगाउँने गरेको जानकारी दिदै अभियानले ७५ वटै जिल्लाको कोषका कार्यक्रमसम्बन्धी सूचना माग गरेपनि ५३ जिल्लाको सूचनामात्र उपलब्ध भएको सो अवसरमा जानकारी दिइएको थियो ।