काठमाडौ चैत्र २९, प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म साँखुमा लाग्ने ऐतिहासिक बज्रयोगिनीको जात्रा क्षमा पूजा गरी आज समापन गरिएको छ ।
वैशाख कृष्ण अष्टमीमा क्षमा पूजा गरी जात्रा समापन गरिए पनि बज्रयोगिनी माईको प्रतिमूर्तिसहितका देवदेवीको खटलाई भने वैशाख कृष्ण नवमीका दिन मात्र बज्रयोगिनी माईको मन्दिरमा पु-याइने गरिन्छ ।