शनिबार, बैशाख ८, २०८१

विकविरुद्ध विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता

काठमाडौं चैत्र २९,  गत फागुन १० गते रजधानीको बसन्तपुरमा दुई छात्रा किशोरीद्दय संगीता पुलामी मगर, सीमा बस्नेतमाथि तेजाब खन्याएको आरोप kathmandu-district-courtjiban_bkलागेका जीवन विकविरुद्ध आज जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । दुई छात्रामाथि तेजाब खन्याएको अभियोगमा आरोपित विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको अदालतलेजनाएको छ ।

रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको र २४ दिनको अनुसन्धानपछि आज मुद्दा दर्ता गरेको हो ।