बिहिबार, बैशाख २०, २०८१

आगामी आ.व.मा सवै नगरपालिकालाई दमकल उपलब्ध गराउन उपप्रम सिहको निर्देशन

  एकसाता भित्र मेट्रो एफएमको प्रभावकारीता प्रष्टाउँ

काठमाडौ चैत्र १९, नेपाल सरकारको सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  केहि समय अघि घोषणा गरेका ९ वटा नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ। पहिलो चरणमा

शंखरापुर, साँखु, गोकर्णेश्वर, जोरपाटी, सुर्य बिनायक भक्तपुर, दक्षिणकाली  काठमाडौ, महालक्ष्मी ललितपुर, माडी चितवन, तारकेश्वर काठमाडौ, महामन्जुश्री नगरकोट बुढानिलकण्ठ काठमाडौ नगरपालिकालाई दमकल उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यसअघि घोषणा गरिएका २४ वटा नगरपालिकाहरुमा दमकल उपलबध गराइसकेको छ । बाँकी रहेका अन्य सबै नगरपालिकाहरुमा आगामी आर्थिक बर्ष भित्र दमकल सेवा पु-याउने लक्ष्यका साथ काम अगाडि बढाउन उपप्रधानमन्त्री प्रकाश मान सिहले दिनुभएको निर्देशन अनुरुप कार्य सम्पादन हुँदै गरेको थाह भएको छ। त्यस्तै आगलागी नियन्त्रणका लागि छुट्टै अग्नि नियनत्रण महाशाखा पनि चाडै सञ्चालनमा ल्याइने तयरी मन्त्रालयले गर्दै गरेको बुझिएको छ ।

यसैवीच मन्त्रालयले काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आएको मेट्रो एफ एम प्रभावकारी नभएको चौतर्फी गुनासो आएको भन्दै आज महानगरका प्रमुख तथा एफएमका स्टेशन म्यानेजरलाई बोलाई यसको प्रभावकारी सञ्चालनको योजना एक हप्ता भित्र पेस गर्न निर्देशन दिएको उपप्रम सिंहका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिनु भएकोे  छ ।