शुक्रबार, बैशाख २१, २०८१

स्थापना दिवसको अवसरमा प्रभातफेरी

काठमाडौ चैत्र १६  नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको ६०औँ स्थापना दिवसको अवसरमा आज विहान राजधानीको 1 2 23 24 27भृकुटीमण्डपबाट प्रभातफेरीको आयोजना गरेको छ ।  भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरीमा महासङ्घका पूर्वअध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, विष्णु निष्ठुरी, सल्लाहकार पोषण केसी लगायतका थुप्रै सञ्चारकर्मीको सहभागीता रहेका थियो ।

त्यस्ते प्रभातफेरी पछि रत्नपार्कस्थित शान्तिवाटिकामा   आयोजित कोणसभालाई सम्बोधन गर्दै महासङ्घका पूर्वअध्यक्ष होमनाथ दाहालले लोकतान्त्रिक संविधानका लागि सञ्चार क्षेत्रले दवव सहितको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो भने प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले मुलुकको विदमान सङ्क्रमणकालीन अवस्था र बदलिदो परिस्थती अनुरुप सञ्चारजगतले संयमित जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै गरी महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको भौतिक सुरक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सम्पूर्ण पत्रकारको अधिकारका लागि महासङ्घ निरन्तर क्रियाशील रहदै आएको र भविष्यमा पनि निरन्त्तर लागि रहने बताउँदै वार्षिकोत्सवको अवसरमा महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा आज दिउँसो आयोजना गरेको चियापान कार्यक्रमको    सहभागी  हुँन  सम्वद्ध सवेलाई  आग्रह गर्नुभएको थियो ।