बिहिबार, बैशाख २०, २०८१

प्रमुख दलका शिर्षनेताहरुसङग राष्ट्रपति डा यादवले आज विशेष छलफल गर्दै

काठमाडौं चैत्र ८,  संविधान निर्मार्णको सवालमा मुलुकका प्रमुख दलहरुवीच बढ्दै गएको दुरी प्रति चिन्ता प्रकट गर्दै राष्ट्रपति डा रामबरण यादवले आज दलका शिर्ष नेताहरुसङग विशेष छलफल चलाउँने भएको छ ।

Rastapati-Bhawan-n-Office1राष्ट्रपति निवास स्रोतका अनुसार यसको लागि आज अपरान्ह नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल यस्तै, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको थाहा भएको छ ।

त्यस्तै स्रोतका अनसार आजको छलपफलमा दलहरुबीच बढ्दो दरी र आफ्नो आसन्न् चीन भ्रमणका विषयमा समेत परामर्श गर्ने मनस्थिती राष्ट्रपति यादवले बनाउनुभएको बुझिएको छ । त्यस्तै छलफलका क्रममा उहाँले मुख्यत संविधान निर्माणको सवालमा चुलिदै आएको दलीय दुरी र चीन भ्रमण र त्यसमा उठाउने एजेण्डाका विषयमा केन्द्रीत रहने बताईएको छ। राष्ट्रपति यादव चीनको बोआओ एसिया सम्मेलनमा भाग लिन बिहीबार चीन जाने कार्यक्रम रहेको छ ।