बिहिबार, बैशाख २०, २०८१

आमसञ्चार नीति, २०७१ को मस्यौदा प्रेस स्वतन्त्रता एवम् सञ्चारकर्मी मैत्री नभएको विज्ञहरुको ठहर

काठमाडौ फागुन ३, नेपाल पत्रकार महासङ्घद्दारा सरकारले ल्याउन लागेको आमसञ्चार नीति, २०७१ को मस्यौदाका प्रसङगमा एक विशेष छलफल कार्यक्रमको FNJ_logo2आयोजना गरेको छ । छलफल कार्यक्रममा भाग लिदै सरोकारवाला निकाय एवम् विज्ञहरूले प्रस्तुत मस्यौदा आफैमा आमसञ्चार नीति प्रेस स्वतन्त्रता र सञ्चारकर्मी मैत्री नभएको बताउदै संशोधनका लागि सुझाव दिएका छन् ।

प्रस्तुत कार्यक्रममा महासङ्घका पूर्वअध्यक्षहरु क्रमस द्दय सुरेश आचार्य, तारानाथ दाहालले विष्णु निष्ठुरी र धर्मेन्द्र झाले राज्यले जारी गर्नलागेको मस्यौदा अन्तरिम संविधान र पे्रस स्वतन्त्रता विपरीत भएको भन्दै सरकारको स्पष्ट धारणा अनउनु पर्ने बताउँनु भएको थियो भने प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस युनियनका उपमहासचिव भीष्मराज ओझा, मधेसी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंह, सामुदायिक रेडियो प्रशासक सङ्घका अध्यक्ष मोहन चापागार्इं, ब्रोडकास्टिङ एसोसिएसन नेपालका अध्यक्ष गोपालकुमार झालगायतले मस्यौदामा सम्बन्धमा बोल्नु भएको थियो ।