आइतवार, जेष्ठ ६, २०८१

१५ औं आइसिटी सम्मेलन सुरु

सुविसु क्यान इन्फोटेक २०१५ को आज पाचौं आज पाँचौ दिन ३९ हजार ५ सय २९ अवलोकनकर्ता

काठमाडौं माघ १८, सूचना प्रविधिको विकास तथा रणनीतिक योजना तर्जुमा गर्न लक्ष्य अनरुप विकासका लागि सूचना प्रविधि र सामाजिक रूपान्तरण’ भन्ने नाराका DSC_9607साथ राजधानीको भृकुटीमण्डपमा १५औँ आइसिटी सम्मेलन सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङघको आयोजनामा सुरु भएको उक्त सम्मेलनको आज संचार मन्त्री मिनेन्द्र रिजालले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले प्रस्तुत सम्मेलनले नेपालमा प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग मिल्ने वताउनु भएको थियो । त्यस्तै उहाँले मुलुकको विकासको एउटा पाटो प्रविधि पनि भएकाले यसलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने र यसको लागि आफुले हरसंभव प्रयास गर्ने प्रतिवद्धता समेत त्यस अवसरमा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै अहमदाबादका प्रा.डा.सुभाष भट्नाकर प्रमुख वक्ताको रुपमा रहनुभएको उक्त सम्मेलनको आज पहिलो दिन ‘इमर्जिङ टेक्नोलोजी फर आइसिटी फोर डी’ विषयक अन्तरक्रियामानेपल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले प्रविधिको अधिक उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो भने क्यान महासङघका अध्यक्ष इ।विनोद ढकाल र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा। कृष्णचन्द्र पौडेलले सम्मेलनले नेपालमा प्रविधिको विकास र प्रबद्र्धनमा महत्वपूर्ण टेवा दिने वताउनु भएको थियो । त्यस्तै गरि इन्टरनेट सोसाइटी एसिया प्यासिफिक सिंगापुरका मेनेजर नाभिड हकले ‘इन्टरनेट अफ थिङ्स सोसिओ इकोनोमिक प्रोस्पेक्ट’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको छ । त्यसैगरी इसिमोडका सागररत्न बज्राचार्यले ‘कम्युनिटी बेस्ड फ्लडी  अर्ली वार्निङ सिष्टम’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

asdभोलि सोमबारसम्म सञ्चालन हुने सम्मेलनलाई ‘सुविसु क्यान आईसीटी कन्फरेन्स २०१५ ईन एसोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल’ नाम दिइएको सा सम्मेलनमा सोमवार ज्ञानमा आधारित उद्योग र रोजगारी’ तथा ‘आइसिटीका लागि पेशागत सिप विकास’ विषयक कार्यपत्रमा थि छलफल गर्दै सम्मेलनको समापन गरिने क्यान महासङघका महासचिव अमृत पन्तद्दारा जारी प्रेसविज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच भृकुटीमण्डपमा जारी सुविसु क्यान इन्फोटेक २०१५ को आज पाचौं दिन सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल, संसदीय विकास समितिका सभापति रबिन्द्र अधिकारी लगायतले अवलोकन गर्नुभएको छ । इन्फोटेक २०१५ को आज ‘विजनेश डे’ अन्र्तगत इन्फोटेकमा सहभागि कम्पनीहरुले विशेष अफर सार्वजनिक गर्नुको अलावा आज मात्र ३९ हजार ५ सय २९ जनाले अवलोकन गरेको र त्यसक्रमम अवलोकनकर्ताहरुले इन्फोटेकबाट प्रविधिको वारेमा आफूले जान्न चाहेको कुराहरु सिक्न पाएको भन्दै निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएको महासचिव पन्तले जानकारी दिनु भएको छ।