आइतवार, बैशाख २३, २०८१

प्रश्नावली समितिको पहिलो बैठकद्दारा समितिको कार्यविधि तयार गर्न उपसमिति गठन

काठमाडौं माघ १७, निर्धारित समयभन्दा २ घण्ट ढिला सुरुभएको प्रश्नावली समितिको सिंहदबारमा आज   पहिलो बैठक समतिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा शनिबार sambidhanबसेको छ । बैठकले एमाओवादीसहितका दलहरूलाई संविधानसभाले अघि बढाएको प्रक्रियामा आउन आहवान गर्दै प्रस्ताव निर्माण समितिको कार्यविधि तयार गर्न उपसमिति समेत गठन गरेको छ ।  समितिले कार्यविधि र मापदण्ड तयार गर्न रमेश लेखकको संयोजकत्वमा उपसिमिति गठन गरेको छ । गठितसमितिको पहिलो बैठकले भोलीसम्मको समय सिमा तोकेर ७ सदस्यीय उपसमिति बनाएको हो ।

उपसमितिमा किरण यादव, भानुभक्त ढकाल, श्रीमाया थकाली, दिपक बोहरा, दिलनाथ गिरि र अतहर कमाल मुसलमान सदस्य रहनुभएको छ । उपसमितिले भोली बस्ने पुर्ण बैठकमा कार्यविधिको मापदण्ड प्रस्तुत गरेपछि त्यसै अनुसार प्रश्नावली बनाउने काम सुरु गरिने काङग्रेस नेता प्रकाशसरण महतले जानकारी दिनुभयो । यस्तै आजको प्रश्नावली समिति बैठकले एकीकृत माओवादी लगायतका विपक्षी दलहरुलाई पनि समितिमा भाग लिन आग्रह गरेको छ । एकीकृत माओवादी नेतृत्वको मोर्चाको बहिष्कारकै कारण ७३ सदस्यीय हुनुपर्ने प्रश्नावली समितिमा अहिले जम्मा ४९ सदस्य छन् । ।