आइतवार, बैशाख २३, २०८१

घूस लिदै गर्दाको अवस्थामा डिएसपी तामाङ रंङ्गेहात पक्राउ

काठमाडौ माघ ८ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका बानेश्वर प्रहरी वृतका प्रमुख डिएसपी रमेश तामाङलाई सेवाग्राहीसङग रू ५०हजार घुस लिंदा  लिंदैको अवस्थामा वानेश्वर स्थित होटल एभरेष्टबाट रंङ्गेहात पक्राउ गरेको छ ।

आयोगका अनसार कामपा वडा .न ३४, मिनभवन स्थित लिलाम बढाबढ हुंदा कानून बमोजिम सकारी लिएको जग्गामा रहेको घरमा अटेर गरि बसेका व्यक्ति उपर आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त, वानेश्वरमा निवेदन दिएकोमा पटक पटक ताकेता गर्दै दिएको निवेदनको सुनवाई नगरी बृत्तका प्रमुख तामाङ्गले घुस माग गरेको बुझिएको छ ।

साथै निज प्रमुखले कानून वमोजिम गर्नु पर्ने कार्य वा निर्णयहरू नगरी गैरकानूनी आर्थिक लाभका लागि माग गरेको भन्ने सूचनाको आधारमा निजलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031