शनिबार, बैशाख २२, २०८१

चाँगुनारायणलाई अपसगुन देखाउने जात्रा सकियो

IMG_1345sjh_roadphotography_changu narayan jatra @kathmandu_2071IMG_1327sjh_roadphotography_changu narayan jatra @kathmandu_2071 IMG_1329sjh_roadphotography_changu narayan jatra @kathmandu_2071काठमाडौं पौष २२, उपत्यकाको सर्वाधिक प्राचिन तथा लोपोन्मुख जात्रा अन्र्तगत चाँगुनारायणलाई हनुमानढोका दरबार क्षेत्रमा ल्याउँदा अपसगुन देखाउने परम्परा अनुरुप थुपारिएको माटाका पुराना भाँडाकुँडाहरू फुटाई अपसगुन देखाईएको छ । यसअघि राजधानीबाट करिब १८ किलोमिटर टाढा भक्तपुरको चाँगुदेखि चाँगुनारायण, लक्ष्मी र सरस्वतीका प्रतीक तीनवटा कलश तीनजनाले बोकेर ल्याई रानीपोखरीको उत्तर(पश्चिम जमलको पाटीमा पुर्‍याएका थिए ।

त्यहाँ राज्यका तर्फबाट पूजाअर्चना गरी कलशहरूलाई राजखड्ग, गुरुजुको पल्टन र बाजागाजासाथ कमलाक्षी, असन, इन्द्रचोक र मखनटोल हुँदै हनुमानढोका दरबार क्षेत्रमा पुर्‍याइएको थियो । त्यसपछि जिवीत देवी श्री कुमारीको उपस्थितिमा तलेजु मन्दिरका पुजारीहरुबाट विशेष पूजा गरी तलेजु भित्र्याइन्छ र हवनादि गरिन्छ । सो हवनको ज्वाला चाँगु डाँडाबाट देखिनुपर्ने जनश्रुति रहआएको छ ।  यसरी पूजा सकिएपछि तीनवटै कलशकोजलले राष्ट्रप्रमुखलाई सेचन गर्दै बाँकी जल शोभा भगवतीसङगै रहेको भचाखुसीमा लगे सेलाएपछि जात्रा समाप्त हुन्छ ।