बिहिबार, चैत्र १५, २०८०

मनोकाक्षा पूर्णताका लागि शालीनदीमा व्रतालु र श्रद्धालुको घुइँचो (फोटो फिचर)

 काठमाडौं पौष २२, पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आइतबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको anup_20150104_5 anup_20150105_7 anup_20150105_9 anup_20150105_11 anup_20150105_13 anup_20150105_14 anup_20150105_16 anup_20150105_17 anup_20150105_18 anup_20150105_19 anup_20150105_21 anup_20150105_22 anup_20150105_26स्वस्थानीको व्रत र उपासनाका लागि राजधानीको साँखुस्थित शालीनदीमा श्रद्धालुको घुइँचो लागेको छ । एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित छ ।  सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएको छ । हिन्दू धर्मावलम्बी समूदायकावीच बीच विशिष्ट महत्व राख्ने यो व्रत बस्नाले मनले चिताएको मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बस्ने गरिन्छ ।

व्रतालुले पूजा-आराधनापछि स्वस्थानीको माहात्म्य वाचन र श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि शारीरिक एवं मानसिक रूपमा शुद्ध बनी मध्याह्नमा एकपटक मात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आ-आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवम श्रवण गर्ने चलन छ ।  स्वस्थानी व्रतपूजाको क्रममा चढाउने विशेष वस्तुहरू १०८ को संख्यामा हुने गर्छ । पूजा सम्पन्नपछि जुन कामनाले व्रत गरिएको हो त्यो पूरा होस् भन्दै अर्घ दिई व्रतको समापन गरिन्छ ।