आइतवार, जेष्ठ ६, २०८१

संसदीय समितिले दोस्रो पटक अख्तियार प्रमुख कार्कीलाई बोलायो

काठमाडौ मङसिर १४, संसदीय समितिले अख्तियार प्रमुख लोकनमासिंह कार्कीलाई फेरि बोलाउने निर्णय गरेको छ । संसदको कृषि तथा जलस्रोत समितिले अख्तियार प्रमुख कार्कीलाई संसदीय समितिमा उपस्थित हुन निर्देशन दिएको छ ।

lokman_harekpalव्यवस्थापिका–संसद् अन्तगतको सो समितिको आज बसको बैठकले काबेली ‘ए’लगायत जलविद्युत् आयोजनाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार विपरित दिएको निर्देशनका सम्बन्धमा छलफल गर्न पुनः आयोगलाई बोलाउने निर्णय गरेको हो ।

यसअघि पनि समितिले गत कात्तिक ३० गते प्रस्तुत ंप्रसङगमा छलफल गर्न भन्दै आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाइ बालोउदा आयुक्त कार्कीले आफ्नो कार्यक्षेत्र संसद्को सुशासन समिति मात्रै भएको भन्दै समितिमा उपस्थित हुन अस्वीकार गरे पछि समितिका सभापति गगन थापाले आयोगका प्रमुख आयुक्तले संसद् मातहतका समितिलइ अटेर गरेको जानकारी गराएका थिए ।