शनिबार, बैशाख ८, २०८१

निर्धारित समयमै लोकतान्त्रिक संविधान जारी गर्नुनै अरुण प्रतिको सच्चा श्रद्धाञ्जली: प्रम कोइराला

काठमाडौ मङसिर १४,  बाँके काँग्रेसका सभापति स्व : डा अरुण कोइरालाको स्मृतिमा काँग्रेसका जिल्ला सभापतिहरुले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले बाँके काँग्रेसका सभापति स्व डा 1510855_935420106487886_1317594205187164472_nकोइरालाको प्रतिको सच्चा श्रद्धाञ्जलि भनेको निर्धारित समयमै लोकतान्त्रिक संविधान जारी गर्नु भएको बताउँनु भएको छ ।

त्यस्तै स्मृतिसभामा प्रधानमन्त्री कोइरालाले स्व डा कोइरालाले शिक्षण अस्पतालको शैयाबाट आफुलाइ चिठी लेख्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवादमा कसैसङग सम्झौता नगर्न आग्रह गर्दै लोकतान्त्रिक संविधान ल्याएर मुलुकलाई समृद्ध बनाउ लोकतान्त्रिक संविधान जारी गर्न आग्रह गरेका स्मरण गर्दै भावुकमुद्रामा साथीजस्तै भाईको निधनले मलाई ठुलो क्षती पुगेको बताउँनुभएको छ ।

स्मृति सभामा काँग्रेस उपसभापति रामचन्द्र पौडेल महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पूर्व मन्त्री तीर्थराम डङ्गोल, सभासद् संजय गौतम, स्व कोइरालाकी धर्मपत्नी एवम् नेपाल महिला संघ बाँकेका सभापति किरण कोइराला र काठमाडौं काँग्रेसका सभापति एवम सभासद भीमसेनदास प्रधानले डा अरुण कोइरालाको निधनले काँग्रेसले मात्र नभई मुुलुकले नै एक असल प्रजातान्त्रिक योद्धा गुमाएको धारणा राख्नु भएको थियो ।   विसं २०२७ सालमा नेपाल विद्यार्थी संघबाट पार्टीको राजनीतिमा प्रवेश गर्नुभएका स्व कोइरालाको गत मङ्सिर २ गते ७३ वर्षको उमेरमा दिल्लीको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई परेको भातृ शोकमा समवेदना प्रकट गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति कोइरालाले आफूलाई दुःख परेको समयमा सहयोग गर्नुहुने नेपाली नागरिक, विदेशी कूटनीतिज्ञलाई धन्यवाद दिनुभएको उल्लख गर्दै प्रधानमन्त्री कोइराला शनिबार पशुपति राजराजेश्वरी पुगी स्व भाइको १३औं पुन्य तिथिमा आयोजित धार्मिक संस्कारजन्य कार्यमा पनि सरिक हुनुभएको विज्ञप्तिमा उल्लेख छ ।