मङ्लबार, बैशाख १८, २०८१

धुलिखेल रिट्रिटपछि सार्क राष्ट्राध्यक्ष/सरकार प्रमुख काठमाडौं  फिर्ता (फोटोफिचर)

काठमाडौं मङसिर ११,  १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सार्क राष्ट्रका राष्ट्ररसरकार प्रमुखहरु काभ्रेको धुलिखेल ‘रिट्रिट’बाट काठमाडौंमा फर्किएका छन् । ‘रिट्रिट’मा सहभागी अफगानिस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम, r1 r7 r9 r10श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं फर्किएका हुन् ।शिखर सम्मेलनमा सहभागीमध्ये बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद भने रिट्रिटमा सहभागी हुनुभएको थिएन । ‘रिट्रिट’का क्रममा विशिष्ट व्यक्तिहरुबीच दुईपक्षीय छलफल पनि चलेको थियो । उनीहरुले सामूहिक फोटो समेत खिचाएका थिए ।

 तस्वीरः पीएमओ इन्डिया,  एमई इन्डिया र ट्वीटर  बाट साभार