बिहिबार, बैशाख २०, २०८१

देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम रहोस् : राष्ट्रपति डा यादव

काठमाडौ कात्तिक ६, राष्ट्रपति डा रामबरण यादवले महान् चाड दीपावली तथा तिहारको अवसरमा दिनु भएको सन्देशमा देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता images8कायम रहोस् भन्दै संविधानसभाबाट तोकिएको समयमा संविधान प्राप्त भई देशको सार्वभौमिकता, अक्षुणता र स्वतन्त्रता कायम राख्न सफल हुने विश्वास विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै सन्देशमा डा यादवले अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडको रूपमा मनाइने शुभ दीपावली तथा तिहार पर्वले नेपालीको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सद्भाव एवम् एकता कायम भई समाजमा शान्ति, स्थायित्व र प्रगति हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।