काठमाडौ असोज २८, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा नापी कार्यालय गौरमा कार्यरत नापी अधिकृत, बौएलाल मण्डल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
आयोगले मण्डलले विहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटना भारतबाट सन् १९९१ मा प्रवीणता तह परीक्षा उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकोले निज विरुद्ध मुद्धा दायर गरिएको जनाएको छ । त्यस्तै आयोगले मण्डलमाथि दायर गरेको मद्धमा भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको दण्ड माग गरेको छ ।