बुधबार, बैशाख १९, २०८१

नयाँ संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने दलहरुवीच सहमति

राजनीतिक संवाद तथा सहमति समितिको बैठक :

काठमाडौ असोज २७, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजका बैठकमा प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुबारे विद्यमान विवादका प्रसङहरु President_Vice_President_20140816092816मध्ये वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालसम्बन्धी विवादको सम्बोधन भएको छ । आजको बैठकमा प्रस्तुत विवादका सम्बन्धमा दलहरुवीच भएको सहमति अनुरुप वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल संविधान बमोजिम अर्को निर्वाचनबाट राष्ट्रपति र उपराष्ट्रपति चयन नभएसम्म रहने नितिगत सहमति कायम भएको हो ।

 बैठकपछि समितिका सभापति डा। बाबुराम भट्टराईले सङ्क्रमणकालीन व्यवस्थाअन्तर्गत नयाँ संविधान जारी भएको एक महिनाभित्र विद्यमान व्यवस्थापिका–संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने विषयमा सहमति भएको जानकारी दिनुभएको हो । त्यस्तै गरि समितिका सदस्य लक्ष्मणलाल कर्णले राजनीतिक संवाद उपसमितिमा पहिलो पटकपटक सहमति भएको नेपाली नागरिकता प्राप्त गर्नेसम्बन्धी विषयमा समेत सहमति भएको जानकारी बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930