बुधबार, बैशाख १९, २०८१

हाँडी गाउँमा मनाइने कहिँ नभएको जात्रा

काठमाडौं असोज २३, काठमाडौंको हाँडी गाउँमा  मनाइने कहिँ नभएको जात्रा आज सम्पन्न भएको छ । यो जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ ।देवताको खटलाई डोरीले खटलाई घुमाएर जात्रा गर्छन् ।यस्तो प्रचलन कुनै पनि जात्रामा नहुने भएकाले यो जात्रालाई कहिँ नभएको जात्रा भनिएको हो ।