बिहिबार, बैशाख २०, २०८१

१३ जना एसएसपी डीआइजीमा बढुवा

काठमाडौं असोज ६, गृह मन्त्रालयले सोमबार १३ जना एसएसपीको डीआइजीमा बढुवा गरेको छ । मन्त्रालयले बढुवा सिफारिस समितिको सिफारिस nepal prahariगरेका १३ एसएसपीलार्इ डीआइजीमा बढुवा गरेको हो ।

यसरी बढुवा हुनेमा रामकुमार खनाल, मनोहर रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, बिजयलाल कायस्थ, मधु पुडासैनी र माधव जोशी छन् ।त्यस्तै केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधव नेपालको पनि बढुवा भएको छ ।
सोमबार नै मन्त्रालयले बढुवा भएका १३ जनाको पदस्थापन समेत गरेको छ । यसरी पदस्थापन हुनेमा रामकुमार खनाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, मनोहरप्रसाद रिमाल प्रहरी मुख्यालय, पूर्णसिह खड्का सशस्त्र प्रहरी निर्देशनालय, पशुपति उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, देवेन्दै सुवेदी विशेष ब्यूरो, विजयलाल कायश्थ एयरपोर्ट, मधुप्रसाद पुडासैनी आयुक्तको कार्यालय रानीपोखरी, माधवप्रसाद जोशी आईजीपी सचिवालय, केशरीराज घिमिरे लागु औषध कानुन कार्यान्वयन ईकााई, कमलसिह बम अन्वेशण योजना, मिंगमार लामा महिला तथा वालवालिका सेवा निर्देशनालय, पंकज श्रेष्ठ तालिम निर्देशनालय र माधवप्रसाद नेपाल  टा्फिक  निर्देशनालय रहेका छन ।