विगत ९ दिन यता देखि अनशनरत विद्यार्थीहरुले तोडे अनशन
काठमाडौ असोज ५, मिति तोक्दै स्थागन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशन मिति सातौंपटक तोकिएको छ । । यस अघि महाधिवेशनका तोकिएको मिति भन्दा एक अगाडि स्थगन नेविसङघको महाधिवेशन स्थगन भएपछि तत्काल मिति तोक्नुपर्ने माग राख्दै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विगत ९ दिन यता देखि ४ जना विद्यार्थी नेताहरु क्रमस गणेश सापकोटा, रवीन्द्र रोकाय, शङ्कर पौडेल, र सुजन अधिकारी आमरण अनशनमा बसेका थिए ।
माउ पार्टी नेपाली काँग्रेस पार्टीले आगामी कात्तिक ३०, मङ्सिर १ र २ गते महाधिवेशन सम्पन्न गर्नुपर्ने सहितको मिति तोकेपछि विद्यार्थी नेताले आज नवौँ दिनमा अनशन तोडेका छन् ।
अनशनरत विद्यार्थीहरुलाइ पार्टी महामन्त्री एवम् नेपाल सरकार उपप्रधानमन्त्री प्रकाशमान सिंहले जुस खुवाएर तोडाउनुभएको थियो । त्यस्तै नेविसङ्घको महाधिवेशन निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गराउन पार्टीले निर्देशन दिदै नयाँ मिति तोकिएको र महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य केन्द्रीय निर्देशन समितिको प्रत्यक्ष निर्देशन र निरीक्षणमा सम्पन्न गरिने काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।