काठमाडौं भाद्र ३१ , बडादसैँ २०७१ को लागि लागि नेपाल राष्ट्र बैंकले भोलिदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म रु ४० अर्बदेखि रु ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंक स्रेतक अनुसार यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको बुझिएको छ। त्यस्तै यसपटक प्रतिव्यक्ति २२ हजारसम्म नयाँ नोट उपलब्ध गराइने तयरीबैबले गरेक थहा भएको छ । त्यस्तै यसरी वितरण गरिएको नयँ नोटमा अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैंकले अनुरोध गरेको छ ।
बुधवार देखि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दै
September 16, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np