काठमाडौ भाद्र १३, नियुक्तिपत्र सहित न्यूनतम पारिश्रमिक रु १० हजार ८०० लागू गर्नुपर्ने माग गर्दै कान्तिपुर दैनिकमा कार्यरत एवम् आन्दोलित अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर सङ्घले हप्ता दिनअघिदेखि थुनामा रहेका श्रमिकलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै आन्दोलनमा उत्रिएका कान्तिपुर दैनिकमा कार्यरत कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई हप्ता दिनअघिदेखि थुनामा राख्दै आएकोमा आपत्ती प्रकट गर्दै पक्राउ गरिएका जन्मदेव जैसी, रन्तबहादुर चालिसे र श्यामकृष्ण पुडासैनीलगायत नौजना जनालाइ तत्काल रिहा गर्न र पब्लिकेसनले निलम्बनमा गरेका १९ जनालाई सहकर्मी श्रमिकको निलम्बन फुकुवा गर्न समेत सङ्घले माग गरेको छ ।