शुक्रबार, चैत्र १६, २०८०

ज्येष्ठ नागरिकलाइ बोझका रुपमा होइन गौरवका रुपमा ग्रहण गरौ : उपराष्ट्रपति झा

काठमाडौ भाद्र १३,  राष्ट्रिय झण्डा हाम्रो शान ज्येष्ठ नागरिक हाम्रो अभियान भन्ने मुल नारा बोकेर क्रियाशील राष्ट्रका लागि युवा नामक संस्थाले आज राजधानीमा अयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाइ सम्बोधन गदै उपराष्ट्रपति परमानन्द झाले समाजमा रहेका ज्येष्ठ नागरिकलाइ युवापुस्ताले बोझको रुपमा गौरवका रुपमा ग्रहण गर्नु पर्ने बताउँनु भएको छ। कार्यक्रममा उपराष्ट्रपति झाले ४० भन्दा वृद्धवृद्धालाई दोसल्ला ओढाएर तथा सम्मानपत्रले सम्मानगनु भएको संस्थाद्दारा जारी प्रेस वित्रपीतमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले ज्येष्ठ नागरिकलाई आदर तथा सम्मानको परम्पराको संस्थाले संस्थागत प्रयासको सुभाम्भ गरेर नयाँ आयामको थालनी गर्नु आफैमा महत्वपूण पक्ष भएको बताउँदै ज्येष्ठ नागरिकले आफ्नो पछिल्लो सन्ततीबाट माया, स्नेहको अपेक्षा गर्ने बताउँनु भएको छ । त्यस्तै संस्थाका अध्यक्ष राज्यलक्ष्मी शाक्य लगायतका वक्ताहरुले बोल्न भएको थियो ।